ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी यादव पक्राउ

२१ मंसिर २०७८ , सप्तरी
उमेश कुमार साह
सप्तरी । ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ मधुबन बस्ने बर्षीय ३५ को प्रमोद कुमार यादव रहेका छन् ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ०३ मधुबन बस्ने राम प्रसाद यादव र सोही ठाँउ बस्ने प्रमोद कुमार यादव समेतका मनिसहरुबीच पुरोना रिसिईबी कारण झै-झगडा, कुटपिट हुँदा दुबै पक्षका मानिसहरु घाइते भएकोमा दुबै पक्षले एक-अर्कामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको थियो । जसमा दुबै पक्षिय मिलाएर दर्जन भन्दा बढी माथि मुद्दा ईलाका प्रहरी कार्यालय कडबोना सप्तरीमा दर्ता गरेको थियो । । नेपाल सरकार प्रतिवादी प्रमोद कुमार यादव समेत भएको ज्यान मार्ने उधोग मुद्दाको अनुसन्धानको क्रममा वारदात मिति देखि नै फरार रहेकोमा सोमबार राति ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहको कमान्डमा खटिएको प्रहरी द्वारा जिल्ला सप्तरी बोदे बर्साईनले प्रमोद कुमार यादवलाई गाउँ घरमै लुकिछुपी बसिरहेको अव्यवस्थामा फेला पारी आवश्यक कार्यवाहीको लागि समान्नित सप्तरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय राजबिराजको प्रवक्ता डिएसपी माधव काफ्लेबताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय