जीवन ज्याेती असपतालका लापरवाहिका कारण एक शिशुकाे मुत्यु…
नरेन्द्र महताे / महाेत्तरी/ गाैशाला
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित रहेका जीवन ज्याेती अस्पतालमा विहिवार विहान लापरवाहिका कारण एक शिशुकाे मृत्यु भएकाे रहस्य बाहिर अाएकाे छ ।
मृत्यु भएका शिशु त्यहि गाउँपालिका १ पर्सा वस्ने जयकरण पाण्डेका श्रीमती संगीता देवी पाण्डेकाे काेख बाट जन्म लिएका थिए। महीलालाई वेथा लागे पछि जीवन ज्याेति अस्पताल सम्सीमा वुधवार साँझ करीव ७ वजे भर्ना गरेका थिए।तर हामी पटक पटक डा. लाई वाेलाई दिन अाग्रह गरे पनि त्यहाँ भएका एक स्वास्थ्यक्रमी अरुण यादवले भने डा. अाउनु हुन्छ म छैदै छु तपाँईहरुलाई चिन्ता गर्नु पर्दैन भनेका थिए त्यस पछि हामिले पत्ता लगाए ति अस्पतालमा डा. काे वाेर्डमा मात्र झुण्डिएकाे छ तर डा. काे साट्टाे सि एम ए, हेल्थअशिष्टेन्ट अरुण यादव र महीला नर्सकाे सहयाेगमा सुत्यकेरी गराउन गरेका थाहा पाईयाे र पछि पनि पटक पटक डा. लाई वाेलाई दिनु हारगुहार गरे पनि काेई सुनिएन अन्तमा शिशु जन्म लिएकाे केही घण्टा पछि शिशुकाे मुत्यु भएकाे अभिभावक जयकरण पाण्डेले थाहा पाए तर मृत्यु भए पछि अस्पतालमा रहेका स्वास्थ्य कर्मी काहाँ गयाे थाहा भएन पछि एक अर्काे कर्मचारीलाई साेधदा शिशुकाे मृत्यु भई सकेकाे जानकारी दिए।ती अस्पतालमा अाज देखि हाेईन सात वर्ष देखि गाेरख धन्दा हुँदै अाईरहेकाे छ र यस भन्दा पहिले पनि तीन वटा शिशुकाे मृत्यु भएकाे स्थानियहरुले पनि बताए ।
म एक गरीव व्यक्ति हुँ तीन लाख पचास हजार ऋण लिएर नाै महीना देखि पटक पटक डा. साेनिया सिंह सँग जाँच गराउने गरेका थिए ।अाफुलाई सात वर्ष पहिले एक छाेरी भए पनि दुर्घटना मृत्यु भएकाे र सात वर्ष पछि कति झाक्रि ,डा. लाई देखाए पछि याे वच्चा पाएका थिए तर अस्पतालका लापारवाहिका कारण शिशुकाे मृत्यु भएका पाण्डेले रुदै भने ।
उता यस सम्वन्धमा सत्य तथ्य जानकाे लागि असपताल पुगियाे त्यहाँ कार्यरत स्वास्थ्यक्रमि अरुण यादव सँग कुरा गर्दा अाज हाेईन म सात साल देखि विना डा. काे डेलाभरी गराउँदै अाएका छाै याेे मेराे अधिकार क्षेत्र परेकाे कारण सवै जाँच पडताल गर्दै अाएका छाै ती स्वास्थ्य कर्मचारी ठुलाे स्वर बताए ।ती शिशुकाे मृत्यु भए पछि पनि केही पश्चाताप गरेकाे देखा परेन वरु प्रहरीलाई खवर गर दिएकाे छु अाईतवार पर पंचायत हुन्छ त्यसमा जे हुन्छ त्याे गर्छु उहाँले जानकारी दिए ।
यता प्रहरी सँग बुझ्दा अाफु काहाँ निवेदन अाएकाे भए पनि पिडित पक्षले मुद्वा गरे पनि अाफु सत्य तथ्य कुरालाई अगाडि वढाउँछु तर अगाडि वढनु भन्दा पहिला एक चाेटि समाजलाई ल्याएर चाैकमा छलफल गराै सम्सी प्रहरी चाैकिका प्रमुखले जानकारी गराए।