‘पछिल्ला दिनहरूमा सिंहदरबार, संसद्देखि अदालतसम्म राष्ट्रिय झण्डा बोकेर हिंसात्मक गतिविधि गर्नेहरूलाई नेपाली समाजले गम्भीर रूपमा प्रश्न गर्नुपर्ने बताइन ।’ ‘हामीले कस्तो समाज बनायौँ ? घाँटीमा राष्ट्रिय झण्डा बाँधेरै दनदनी आगो लगाउनेलाई नेपाली भन्न सकिन्छ ?,’ उनले भनिन् ।
एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाट नै निर्माण भएको उल्लेख गर्दै स्मृतिमा र विमृतिमा सधैं एमालेसँगै रहेको बताएकी छिन् ।
गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै झांक्रीले विगतका केही वर्षहरूमा भन्दै आफनो मनतव्य सुरु गरेकी थिइन् ।
उनले पछिल्लो समय उठाइएका जेनजी विद्रोह सम्बन्धी मुद्दाहरूलाई स्पष्ट गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरिन् । झांक्रीले जेनजी विद्रोहको नाममा भुलभुलैयामा नपर्न आग्रह गरिन ।
‘हामी जेनजीका जायज मागका पक्षमा छौँ, तर जेनजी नाममा भएको सार्वजनिक सम्पत्तिको क्षति र सार्वभौम सत्तामाथि भएको अपराध क्षम्य कुनै नेपालीले गर्न सक्दैन,’ उनले भनिन् ।




