निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि २८ वटा निवेदन परेका छन् । आयोगका अनुसार, शुक्रबार साँझसम्म २८ निवेदन प्राप्त भएका हुन् ।

आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईले आज (शुक्रबार) मात्रै दल दर्ताका लागि पाँचवटा नयाँ निवेदन परेको जानकारी दिए ।

उनले प्राप्त सबै निवेदन प्रक्रियामा रहेको र आवश्यक जाँचबुझ भइरहेको बताए ।

Dal-Darta-1763128034.jpg

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय