नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको अवकाश मिति नजिकिँदै गर्दा नयाँ आईजीपी को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

आईजीपी खापुङ प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते अवकाशमा जाने भएका छन् ।

प्रहरीको ३३औं आईजीपीका लागि ४ एआईजीहरूबीच  प्रतिस्पर्धा हुने देखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरू दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाहमध्ये १ जना आईजीपी हुनेछन् ।

एआईजीहरू कार्की, अधिकारी र केसी गत वैशाख १५ गते एआईजी बढुवा भएका हुन् भने शाह भने जेठ १५ गते एआईजी बनेका हुन् । एकैदिन एआईजी बनेका कार्की, केसी र अधिकारी प्रहरी सेवामा २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका थिए ।

अब बन्ने एआईजीले २०८४ चैत १७ गतेसम्म प्रहरीको नेतृत्व गर्नेछन् । बढुवाको पहिलो नम्बरमा रहेका एआईजी दानबहादुर कार्कीलाई नै वरिष्ठताका आधारमा एआईजी बनाउने मनस्थितिमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी उच्च स्रोतले जनाएका छन् ।

उनी हाल काठमाण्डु उपत्यकाका ३ जिल्ला (काठमाण्डु, ललितपुर, भक्तपुरको कमाण्ड सम्हालिरहेका छन् । चुनौतीपूर्ण मानिने काठमाण्डु जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । विदेशमा विभिन्न तालिम लिइसकेका उनले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत लिइसकेका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय