जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप भएको छ । झडपमा ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप भएको हो । “भारतबाट अवैधरूपमा चाँदी ल्याएको सूचनाका आधारमा हामी छापा मार्न गएका थियौँ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले , “प्रहरीलाई व्यापारीले अवरोध गरेपछि झडपको अवस्था आएको हो ।”

बिल नभएको करिब सात किलाे चाँदी बरामद गरिएको उनले जानकारी दिए । झडपका क्रममा ६/७ राउन्ड हवाई फायर र ३/४ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी बमले बताए ।

“दुईजना प्रहरीको टाउकोमा चोट लागेको छ, अवस्था मध्यम रहेको छ,” डीएसपी बमले भने ।

उनले राजश्व अनुसन्धान विभागसँग समन्वय गरेर छापा मारेको प्रष्ट पारेका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय