मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरिएको छ । मधेसमा बडादसैँ, दीपावली तथा छठ पर्वलाई भयरहित वातावरणमा मनाउन प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रदेशका ८ वटै जिल्लाका लागि सुरक्षा योजना बनाएको हो ।

८ वटै जिल्लामा ६ हजार ५३२ प्रहरीलाई चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पर्वको मौका छोपेर हुने आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्नका लागि सुरक्षा योजना तयार पारिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी कमल थापाले बताए ।

असोज ६ गतेदेखि छठ पर्वसम्मका लागि यो सुरक्षा योजना लागु हुने उनको भनाइ छ । उनले भने, ‘चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन दिइने छैन । आम नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि कुनै कसर बाँकी राखिँदैन ।’

भर्खरै एउटा आन्दोलन सकिएको तर त्यसको रापताप अझै कायमै रहेकाले सर्वसाधारणमा भयको वातावरण रहेको एसएसपी थापाले बताए । ‘त्यो अवस्थालाई चिर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ,’ उनले भने ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय