राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । भेटमा राष्ट्रपतिले भारतले लिएको ‘नेइबर फर्स्ट’ नीतिको प्रशंसा गर्दै दुई देशको विशिष्ट सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेका अनुसार, भेटमा राष्ट्रपतिले भारतयि विदेश नीतिको प्रशंसा गरेका थिए । “राष्ट्रपतिज्यूले भारतको ‘नेइबर फर्स्ट’ नीतिको सराहना गर्दै दुई देशबीचको  रही आइएको विशिष्ट सम्बन्ध अझ उचाइमा जाने विश्वास व्यक्त गर्नु भएको छ,” डा. चालिसेले भने, “शिष्टाचार भेट भएकाले धेरै विषय र मुद्दामा प्रवेश हुने कुरा भएन ।”

उनका अनुसार, भारतीय विदेशसचिव मिश्रीले पनि भारत नेपालको विकासमा संलग्न हुँदै आएको भन्दै भोलिका दिनमा त्यसलाई निरन्तरता दिने पक्षमा रहेको बताएका थिए । “हाम्रो सम्बन्ध विशिष्ट र ऐतिहासिक पनि छ, भारत सरकार यो सम्बन्ध निरन्तर राख्न चाहन्छ,” विदेशसचिवको भनाइ उद्धृत गर्दै डा. चालिसेले भने, “नेपालको विकासमा भारत हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।”

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय