नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको सिँचाई समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा पुगेका प्रचण्डले पार्टी नेतृत्व टिमलाई साक्षी राखेर प्रतिबद्धता जनाएका हुन् ।

आफू नेतृत्वको सरकारले मलखादको समस्या आउन नदिएका दाबी गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारले विचौलीयासँग सेटिङ गरेर किसानलाई मर्कामा पारेको आरोप लगाए ।

‘मेरो नेतृत्वको सरकारले मलखादको समस्या हुन दिएको थिएन । अहिलेको सरकारले विचौलीयासँग सेटिङ गरेर किसानलाई मर्कामा पार्ने र त्यसबापत कमिसन खाने गरेको कारण मलखादको समस्या देखियो । यहाँ सिँचाइको समस्या छ । विद्युतीकरणको अभावमा सिँचाई हुन सकेको छैन । विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग कुरा गरेर तपाईंको समस्या समाधान गर्न हामी सहयोग गर्छौँ’, प्रतिबद्धता जनाउँदै उनले भने ।

साथै उनले कृषि उत्पादन वृद्धि, यसको बजारीकरणको समस्या हुँदा किसानले उचित मूल्य नपाउने र विचौलियाले बढी फाइदा लिने गरेकोप्रति आफ्नो ध्यान गरेको स्पष्ट पारे । उनले बिस्तारै कृषि बिमा गरेर किसानलाई लाभान्वित गराउनेतिर पनि बहस गर्दै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय