नेपालमा राजनीतिले निकास दिन सकेन भन्ने भाष्य आम बुझाई बन्न पुगेको छ । विभिन्न आन्दोलन र त्यसपबाट प्रात उपलब्धि नै खतरामा पर्ने गरि अवस्था सिर्जना सामान्य बनिरहेको देखिन्छ ।
पार्टी नेतृत्वमा लामो समयसम्म रहिरहन सक्ने नेताहरुले सरकार भने क्षणभरमै फेरबदल गर्न पछि पर्दैनन् । राजनीतिक पार्टीको स्थायित्व हुँदा सरकारले किन स्थिरता प्राप्त गर्न सक्दैन त ?
पार्टी नेतृत्व चयन महाधिवेशनबाट गर्ने वा विशेष परिस्थितिबाट हस्तान्तरण हुने परम्परा राजनीतिक मानिन्छ ।
प्रजातन्त्र स्थापनार्थ भन्दै खुलेका प्रजातन्त्रवादी विचारधारा बोकेका पार्टी र निरंकुशताको अन्त्य गर्न भन्दै खुलेका कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न आयाम छन् । तर, ती पार्टीका नेतृत्वको अनुहार हे¥यो भने लामो समयसम्म रहेको देखिन्छ ।
कांग्रेसमा कोइराला परिवारको नेतृत्व होस वा कम्युनिष्ट पार्टीमा देखिएका अनुहार नै किन नहुन्, पार्टी सत्तामा प्रायः एकजनाले नै लामो समय नेतृत्व गरेको पाइन्छ ।
यस्तो चलन प्रायः कम्युनिष्ट पार्टीमा धेरै छ । तर, कांग्रेसमा पनि यसको अभ्यास नभएको भने होइन । यस्तोमा केहि पात्रको नेतृत्व इतिहास कस्तो छ त ।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ः प्रधानमन्त्री समेत रहेका प्रचण्ड झण्डै चार दशक पुग्नै लाग्दा पनि पार्टी नेतृत्वमै छन् ।
उनले माओवादी युद्धदेखि अहिलेको पार्टीलाई नेतृत्व गरिरहेका छन् । केहिले त प्रचण्डको नेतृत्व अविछिन्न भन्दै व्यङ्ग्य समेत कस्ने गरेका छन् ।
प्रचण्ड आफै पनि आफूबाहेक पार्टीमा कोहि नेतृत्व गर्न सक्ने व्यक्ति तयार भइनसकेको दाबी गर्ने गर्छन् ।
काठमाडौं । नेपालमा राजनीतिले निकास दिन सकेन भन्ने भाष्य आम बुझाई बन्न पुगेको छ । विभिन्न आन्दोलन र त्यसपबाट प्रात उपलब्धि नै खतरामा पर्ने गरि अवस्था सिर्जना सामान्य बनिरहेको देखिन्छ ।
पार्टी नेतृत्वमा लामो समयसम्म रहिरहन सक्ने नेताहरुले सरकार भने क्षणभरमै फेरबदल गर्न पछि पर्दैनन् । राजनीतिक पार्टीको स्थायित्व हुँदा सरकारले किन स्थिरता प्राप्त गर्न सक्दैन त ?
पार्टी नेतृत्व चयन महाधिवेशनबाट गर्ने वा विशेष परिस्थितिबाट हस्तान्तरण हुने परम्परा राजनीतिक मानिन्छ ।
प्रजातन्त्र स्थापनार्थ भन्दै खुलेका प्रजातन्त्रवादी विचारधारा बोकेका पार्टी र निरंकुशताको अन्त्य गर्न भन्दै खुलेका कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न आयाम छन् । तर, ती पार्टीका नेतृत्वको अनुहार हे¥यो भने लामो समयसम्म रहेको देखिन्छ ।
कांग्रेसमा कोइराला परिवारको नेतृत्व होस वा कम्युनिष्ट पार्टीमा देखिएका अनुहार नै किन नहुन्, पार्टी सत्तामा प्रायः एकजनाले नै लामो समय नेतृत्व गरेको पाइन्छ ।
यस्तो चलन प्रायः कम्युनिष्ट पार्टीमा धेरै छ । तर, कांग्रेसमा पनि यसको अभ्यास नभएको भने होइन । यस्तोमा केहि पात्रको नेतृत्व इतिहास कस्तो छ त ।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ः प्रधानमन्त्री समेत रहेका प्रचण्ड झण्डै चार दशक पुग्नै लाग्दा पनि पार्टी नेतृत्वमै छन् ।
उनले माओवादी युद्धदेखि अहिलेको पार्टीलाई नेतृत्व गरिरहेका छन् । केहिले त प्रचण्डको नेतृत्व अविछिन्न भन्दै व्यङ्ग्य समेत कस्ने गरेका छन् ।
प्रचण्ड आफै पनि आफूबाहेक पार्टीमा कोहि नेतृत्व गर्न सक्ने व्यक्ति तयार भइनसकेको दाबी गर्ने गर्छन् ।
आफूबाहेक नेतृत्व छैन भन्ने भ्रम उनीमा हुनुका पछाडी पार्टीका दोश्रो तश्रो तहका नेताहरु खुलेर आउन नसक्नु र प्रचण्डको विरोध गर्नेहरु पार्टीमै नरहनु समेत कारण देखिन्छ ।
२. शेरबहादुर देउवाः गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालासँग लगातार १० र १२ औं महाधिवेशनमा सभापतिमा पराजित भएका देउवा त्यसपछि निरन्तर सभापति पदमा आसिन छन् ।
पटक–पटक प्रधानमन्त्री बनिसकेका देउवा २०५१ सालमै कांग्रेस संसदीय दलको नेता बनिसकेका थिए भने, २०५९ मा कांग्रेस विभाजन हुँदा त्यसको नेतृत्व पनि देउवाले नै गरे ।
त्यसपछि उनी २०६३ मा फेरि कांग्रेससँग पार्टी एकता गरेर फर्किएका थिए । उनै देउवा अहिले पार्टीको सभापति छन् ।
लामो समयसम्म पार्टीका शीर्ष तहमा रहिरहेका देउवा आगामी महाधिवेशनमा भने नेतृत्वमा नजाने चर्चा चलिरहेको छ । यद्यपी अहिले नै भन्न सकिने स्थिति भने छैन ।
३. माधव नेपालः नेकपा एमालेका तत्कालीन नेता मदन भण्डारीको रहस्यपूर्ण निधनपछि पार्टी नेतृत्वमा पुगेका नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरे ।
पार्टी नेतृत्वमा लामो समय रहेका नेपाल प्रधानमन्त्री समेत बनिसकेका छन् । तर, उनी फेरि एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष छन् ।
अहिले पनि पार्टी नेतृत्व मात्रै नभर उनी सत्ता केन्द्रित राजनीतिमा माहिर मात्रै छैनन्, नेकपा एसमा नेतृत्व फेरि आफैले लिने गरि तयारी तीब्र पारेका छन् ।
४. केपी ओलीः एमाले अध्यक्ष केपी ओली कुनै समय माधव नेपाल र झलनाथ खनालको चेपुवामा पर्ने शीर्षस्थमा पर्थे ।
पार्टीमा कडा स्वभाव राख्दै पेश हुने ओलीले माधव नेपाललाई पराजित गर्दै अध्यक्ष बनेपछि उनी दशौं महाधिवेधनबाट एमालेलाई नयाँ शीरामा लग्दै अध्यक्ष बने ।
चुनाव नगर्ने भन्दै नयाँ प्रयोग गरेपनि उनलाई भीम रावलले चुनौति दिए । तर, ओलीले आफूले चाहेकालाई पदाधिकारीदेखि पार्टी कमिटीमा प्रतिस्थापन गरे ।
उनी प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन भने अझैं लामो समय नेतृत्वमा रहने इच्छा व्यक्त गर्दै आएको देखिन्छ ।
५. कमल थापाः २०४६ सालबाट खेलकुद क्षेत्रबाट राप्रपाको राजनीतिमा आएका कमल थापा २०४८ पछिका सबै चुनावमा उम्मेदवार बनेका छन् ।
१६ वर्ष लामो समयसम्म राप्रपाको नेतृत्व गरेका थापा पार्टी नफुटाउने भन्दै गीता छोएको केहि समयमै राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित बनेपछि उनी राप्रपा नेपाल नामक पार्टी खोलेर अध्यक्षमा छन् ।
दुई पटक सांसद बनेका थापा विचार मिल्ने वा नमिल्ने जुनसुकै पार्टीसँग सत्ता सहकार्य गर्नेमा पर्ने गरेका थिए । यसरी थापा पनि नेतृत्वमा ठूलो आकांक्षा राख्नेमा पर्ने नेता हुन् ।
चित्रबहादुर केसी, मोहनबिक्रम सिंह, नारायमाण विजुक्छे लगायत नेताहरु पनि लामो समयदेखि पार्टी नेतृत्वमा रहिरहेका नेताहरुमा पर्छन् । उसोतः मधेस केन्द्रित नेताहरु पनि पार्टी नेतृत्वको लहडमा पार्टी विभाजनमा सहजै जाने गरेको देखिन्छ ।
नेतृत्वको शैली र सोच
कांग्रेस नेतृत्वमा पुग्ने अभिलासा पुरा नभएपछि आक्रान्त बनिरहेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति बनेका छन् ।
राष्ट्रपति बन्नुअघि उनको समेत लामो समयसम्म नेतृत्वको रस्साकस्सी र कार्यकारी बन्ने योजना रोचक छ । तर, उनै राष्ट्रपति पौडेलले नेताहरुलाई देशलाई बन्धक बनाउन नहुने र राष्ट्रिय एकता कायम गर्नुपर्ने अपिल गरेका छन् ।
राष्ट्रपतिले सहमतिको वातावरण बनाउन अपिल गरेकै दिन प्रधानमन्त्री प्रचण्डले सुशासनको जपमा छोटो समयमै तीन पटक विश्वासको मत लिएको विषयलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् ।
सत्ता केन्द्रित राजनीतिको सीमा चरम बनिरहेको बेला एमाले अध्यक्ष केपी ओलीले आफू अझैं २० वर्ष सक्रिय बन्ने दाबी गर्दै एमालेको नेतृत्व जीवनपर्यन्त लिने संकेत गरे ।
पार्टी सत्ता स्थिर, मुलुक अस्थिर ?
पार्टी सत्तालाई लामो समयसम्म नेतृत्व लम्ब्याउन सक्ने नेताहरु सरकार भने क्षणभरमै फेर्ने काममा लाग्ने गरेका छन् ।
राजनीतिक स्थिरताको खोजी चलिरहेको बेला उनीहरु पार्टीमा अविछिन्न नेतृत्वमा रहने तर, सत्तालाई कहिल्यै पनि स्थिर हुन नदिने राजनीतिक दुष्चक्रमा देखिन्छन् ।
झण्डै दुई तिहाईको बहुमत भएको तत्कालीन नेकपाको विभाजन र त्यसपछि सिर्जित अवस्थाले पनि मुलुकको निर्वाचन प्रणालीमाथि मात्रै प्रश्न उठाएर समस्याको समाधान निस्किने स्थिति भने देखिन्न ।