युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीचको टी–२० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेल वर्षाका कारण रोकिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल र यूएईबीच भइरहेको शृखंलाको पहिलो खेलको पहिलो इनिङ वर्षाका कारण बीचैमा रोकिएको हो ।
खेलमा नेपालले आठ विकेट गुमाएर १२२ रन जोडेको छ । क्रिजमा रहेका कप्तान दीपेन्द्र सिंह ऐरिले ३२ रन बनाउँदा सन्दीप लामिछाने दुई रनमा खेलिरहेका छन् ।



