धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्दै।
धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ।

मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए।

‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने। मेयर निर्वाचित भए पनि साम्पाङ प्राय: आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।

‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
34
+1
20
+1
4
+1
0
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय