नेपाल रेडक्रस जुनियर युवाको मधेश प्रदेशस्तरीय दुई दिने शिविर गाैरमा शुरु भएको छ ।शिविरको उद्घाटन गर्दै गाैर नगरपालिकाका प्रमुख शम्भु साहले गरेका थिए ।

सो अवसरमा नगरप्रमुख साहले ‘दु:खमा रेडक्रस’ भन्ने नाराअनुसारको काम गर्न युवाहरुलाई प्रेरित गरे । उनले रक्तदान गर्न अभियान चलाएर जनसमुदायलाई जागरुक बनाउन आग्रह गरे ।

यस्तै रेडक्रस बागमती प्रदेशका सभापति भाोला रुपाखेतीले अग्रजले ठाउँ नदिएसम्म युवा नेतृत्व आउन नसक्ने बताए । उनले नयाँ नेतृत्वलाई ल्याउनका लागि मार्गप्रशस्त गर्न पुराना नेतृत्वलाई आग्रह गरे ।.

नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुल महमदकाे अध्यक्षतामा भएको शिविरमा जिल्ला अघ्यक्ष राजकिशोर यादव, पूर्व अध्यक्ष डा.नन्दकिशोर झा, फुलबाबु मिया, जगदीशप्रसाद अर्याल तथा शिक्षक धिरजय कुमार मिश्रसहितले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय