परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा भदौ १० गते अचानक आएको बाढीपछि अझै ३९ देशका ५९० विदेशी नागरिक सम्पर्कविहीन रहेको बताएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

“उपलब्ध तथ्यांकअनुसार ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन्,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

हालसम्म बाढी प्रभावित क्षेत्रहरूबाट ९०३ वटा शव फेला पारिएको छ भने करिब चार हजार २०० जना अझै बेपत्ता छन् ।

“बाढी प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ, जसमा ३२३ भन्दा बढी विदेशी नागरिक रहेका छन्,” प्रवक्ता क्षेत्रीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय