रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ ।

प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् ।

यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको  जनाएको छ ।

प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो ।

प्रहरीको पछिल्लो सूचनाअनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार तथा स्चिार्ज भएका घाइतेको संख्या १४० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय