चितवनको कुरिनटारस्थित एक बियर फ्याक्ट्रीका लागि ट्यांक बोकेर भारतबाट आएका पाँच वटा गाडी रास्वपा महाधिवेशनका लागि बनाइएको स्वागत गेटबाट छिर्न नसकेपछि टिकौलीको जंगल क्षेत्रमा रोकिएका छन् ।
रत्ननगर नगरपालिकाको निपनी भन्ने ठाउँमा शनिबार बेलुकादेखि गाडीहरु रोकिएका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामान्यभन्दा अग्ला गाडीहरु आएकाले गेटबाट छिर्न नसकेको भन्दै आवश्यक प्रबन्ध मिलाउन सहजीकरण गरिरहेको बताए ।
‘अलि अस्वाभाविक अग्ला खालका गाडीहरु आए, ती आउँदैछन् भन्ने पूर्व जानकारी पनि थिएन,’ प्रजिअ अर्यालले भने, ‘ती गाडीहरुका लागि आवश्यक प्रबन्ध मिलाउन सहजीकरण भइरहेको छ ।’



