नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।
गुन्डुमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनले भने, “आज भएको निर्णय एउटै के हो भने पूर्वराष्ट्रपतिलाई सदस्यता दिने निर्णय भएको छ ।”
बैठक फेरि वैशाख ८ गते बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको उनले बताए ।



