नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँग हुने बताएका छन् ।

कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले अहिलेको अवस्थामा अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँग हुने बताएका हुन् ।

उनले भने, “कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्दछ । वामपन्थी आन्दोलन यो चुनावपछि पक्कै पनि धक्का खाएको छ र एकताको आवश्यकता देखिएको  भनेर नीतिगत निर्णय पनि हामीले गरेका छौँ।”

उनले विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक, अनौपचारिक छलफल भइरहेको  बताए ।  तत्काल एउटै पार्टी बन्ने  अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “सहकार्य गर्दै , समझदारी बढाउँदै  विश्वास बढाउँदै एउटा विन्दुमा ध्रुवीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।”

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय