धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथिला बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ ।

मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका अध्यक्ष विन्देश्वर यादवमाथि विवादका क्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु  भएको  धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले  जानकारी दिए ।

मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद छ, त्यहीबेला अर्को पक्षले वडाअध्यक्ष यादवमाथि गोली प्रहार गरेको जानकारी आएको छ,’ डीएसपी बमले भने ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय