
१५औ बार्षिकउत्सवको अवसरमा कामना सेवा विकास बैक द्वारा विद्यालयमा गरे ब्याग बितरण।
२९ कार्तिक २०७९, सप्तरी। नविन यादव
सप्तरी जिल्लाको सदरमुकाम राजविराज मा सञ्चालित रहेको कामना सेवा विकास बैक लि.को १५औ बार्षिक उत्सवको अवसरमा विद्यालयमा ब्याग बितरण गरिएको छ ।
बिष्णुपुर गाँउपालिकाको जनता मा. वि हाटि वाड नं ५ मा गएको आइतबार एक कार्यक्रम बिच विद्यार्थीहरूलाई ६७ ओटा ब्याग बितरण गरिएको थियो ।
सोही कार्यक्रमको प्रमुख अतिथि प्रधानाध्यापक कुशेश्वर मंडल, बिशिष्ट अतिथि बिद्यालयको अध्यक्ष अक्षय लाल यादव, कामना सेवा विकास बैकको कस्टर हेड प्रकाश घिमिरे, ब्रान्च मेनेजर सुर्यनरायण मुखिया, प्रभु कुमार साह, HTP khabar को पत्रकार नवीन कुमार यादवको उपस्थितिमा ब्याग बितरण कार्यक्रम गरिएको प्रभु साहले बताउनु भएको छ।