ललितपुर मेयर कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले २० ओभरमा एक विकेट गुमाउदै १५४ रन बनाएको हो ।

एपीएफका लागि कप्तान सिताराना मगरले अविजित ७९ रन बनाएकी थिइन् भने इन्दु बर्माले अविजित ५१ रन बनाएकी थिइन् । दुवैले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए । त्यस्तै एपीएफकी ज्योति पाण्डे २ रन बनाएर आउट भएकी थिइन् । उनलाई कोशीकी अलिशा खडीयाले आउट गरेकी थिइन् ।

अब केहि बेरमा कोशीले १५५ रनको लक्ष्य पछाउदै जवाफी ब्याटिंग गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय