आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ ।

खेल ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गर्न सके मात्र छैटौँ स्थान पक्का हुनेछ । नत्र सातौँ स्थानमै रहेर लिग टुंगाउने छ ।

नेपाल पराजित भए क्यानडाको शीर्ष ६ पक्का हुनेछ ।

नेपालले यसअघि नै विश्वकप छनोट खेल्ने अवसर चुकाइसकेको छ । तर, प्लेअफ खेल्ने छ ।

नेपाल ३५ खेलमा २८ अंकसहित सातौँ स्थानमा छ । यता, ओमान भने ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा रहँदै एकदिवसीय विश्वकपमा छनोटमा स्थान बनाइसकेको छ ।

सुरुआती दुई खेलमा ओमान र क्यानडालाई हराएको नेपाल पछिल्लो खेलमा भने क्यानडासँग पराजित भएको हो ।

यता, पहिलो खेलमा क्यानडाविरुद्व जित निकालेको ओमान नेपाल र क्यानडासँग पराजित भएको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय