T-20 विश्वकपः भारतविरुद्ध पाकिस्तानकाे ऐतिहासिक जित। 

टी २० विश्वकपको खेलमा पाकिस्तानले भारतविरुद्ध शानदार जित निकालेको छ । पाकिस्तानले १० विकेटकाे जित दर्ज गरेकाे हाे ।

युएईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो । भारत र पाकिस्तानबीच यस खेलभन्दा अगाडि सधैं पाकिस्तान पराजित भएको थियो । तर, आज खेलको सुरुवातमा नै पाकिस्तानले सुन्दर खेल खेल्यो ।

पाकिस्तानका लागि खेलको सुरुवातमा नै रोहित शर्माको विकेट लिए, शाहिन अफ्रिदीले । शर्माले एक रन पनि बनाउन सकेनन् ।

त्यस लगत्तै भारतीय ब्याट्सम्यान केएल राहुलको पनि विकेट गयो । उनले आठ बलमा ३ रन मात्र बनाए ।भारतका लागि सबैभन्दा राम्रो कप्तान विराट कोहलीले खेले । उनले ४९ बलमा ५७ रन बनाए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

१ सय ५२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट प्रदर्शन गरे ।खेलमा दुवैले अर्धशतक प्रहार गरे । यी दुईको शानदार खेलका कारण नै पाकिस्तानले पाँच वटा पछि खेल भारतमाथि जित निकालेको हो, टी २० विश्वकपमा ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय