जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप दर्जनौं घाइते
१२ कार्तिक २०७८, रौतहट
डा सिके राउत नेतृत्वको जनमत पार्टीले पुर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रवार रौतहट जिल्लाको सदरमुकाम गौरमा साइकल चोर मुर्दाबाद, दमनकारी प्रहरी मुर्दाबाद, भ्रस्टचार मुर्दाबाद नारा सहित मसाल जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको सदरमुकाम गौरको बिपी चौंकमा मसाल जुलुस प्रदर्शन गरेको छ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीले निर्धारित कार्यक्रम अनुसार सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीले निकालेको मसाल जुलुसलाई प्रहरीले रोक्न खोज्दा प्रहरी र जनमत पार्टीको कार्यकर्ता बीच झडप समेत भएको छ ।
झडपमा परेर जनमत पार्टीको दर्जनौ कार्यकर्ता घाईते भएको छ । जनमत पार्टीको मसाल जुलुस प्रदर्शनले गर्दा बिपी चौंक सडक खण्ड ३० मिनेट सम्म अवरुद्ध भएको थियो ।
उक्त मसाल जुलुसमा केन्द्रिय सदस्य ललित मल्लिक सानू,केन्द्रिय सदस्य डा. सुबन्त कुशवहा ,जिल्ला अध्यक्ष रामेस्वर यादव ,जिल्ला सचिव बिकास यादब ,युवा जनमत संघ जिल्ला अध्यक्ष ज्वाला रणवीर ( विवेक )लगाएत दरजनौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।