नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्।
रुसको राजधानी मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार उनी पाँच दिन रुसमा रहनेछन्। भ्रमणमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।
