ओलीसँग संवाद गर्न प्रधानमन्त्री देउवा बालकोट जाने तयारीमा।

२३ पुष २०७८ काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गर्ने भएका छन्।
प्रधानमन्त्रीले गतिरोध अन्त्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका हुन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीलाई संवाद गर्न आग्रह गरेको थियो।
प्रधानमन्त्रीले आफूले एमाले अध्यक्षसँग समय लिएर छलफल गर्ने जानकारी दिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। ‘प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको नेतासँग समय लिनुहुन्छ,’ उनले भनिन्, ‘समय दिएपछि प्रधानमन्त्री ज्यू बालकोट गएर संवाद गर्नुहुने भएको छ।’
प्रधानमन्त्रीले छलफल गरेपछि त्यसका बारेमा अर्को बैठकमा ब्रिफिङ हुनेछ। यसअघि संयन्त्रकै संयोजक रामचन्द्र पौडेलले पनि बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफलमा उनले ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेपनि ओलीले भने आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए।
सत्ता गठबन्धन दलले नेकपा एमालेलाई प्रतिनिधिसभाको जारी अवरोध हटाउन आग्रह गर्दै आएको छ भने एमालेले भने आफ्नो माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ। जसका कारण लामो समयदेखि प्रतिनिधिसभाको बैठक सहज रुपमा सुचारु हुन सकेको छैन। प्रतिपक्षी दलले असार २८ मा प्रतिनिधिसभाको बैठक दोस्रो पटक पुनःस्थापित भए यता लगातार अवरुद्ध गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय