नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर गलत तथ्य प्रस्तुत गरेको बताएका छन् ।
बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको सम्बोधनमा उपकरण, प्राविधिक विज्ञता तथा टनेल उद्धारका सम्बन्धमा कतिपय तथ्यहरू गलत बोलेको र सो विषयमा संसदभित्रै पनि बहस उठेको उनले बताए ।
प्रचण्डले विपद्को सुरुआती चरणमा देखिएको तत्परता पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको र समग्रमा सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्नेमा कसैको अनुहार नहेरी हिँड्ने र सहकार्यको वातावरण बनाउन नसक्ने कार्यशैली देखाएको भन्दै आपत्ति जनाए ।



