नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन् ।

धादिङको गल्छी गाउँपालिकामा पुगेर अध्यक्ष ओलीले बाढी प्रभावितहरूको अवस्थाबारे जानकारी लिएका हुन् । त्यस क्रममा उनले पीडितका समस्या र गुनासोहरू प्रत्यक्ष रूपमा सुनेर उनीहरूलाई धैर्य गर्न आग्रह गरे ।

गल्छी लगायतका प्रभावित क्षेत्रहरूमा नेकपा एमाले निकट भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र ट्रेड युनियन महासंघ जिफन्ट लगायतका संघ–संगठनहरू उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिएका छन् । अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताहरूलाई अझै व्यवस्थित ढंगले राहत वितरण र पुनर्स्थापनामा जुट्न निर्देशनसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय