धनगढीको नोभा हस्पिटलमा तोडफोड भएको छ ।

कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै धनगढीको नोभा हस्पिटलमा तोडफोड गरिएको हो ।

हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टाफ नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलको रिसेप्सनमा तोडफोड गरेका हुन् ।

तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो तर स्थिति साम्य पार्न गाह्रो पर्ने चेतावनीपछि छाडिएको छ ।

अहिले फेरि अस्पताल र मृतक पक्षबीच वार्ता चलिरहेको छ । कैलाली प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ ।

जन्डिसको समस्याका कारण अस्पताल भर्ना भएका चौधरीको शुक्रबार मृत्यु भएको थियोे ।

उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै कारवाही र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

तर अस्पताल प्रशासनले भने चौधरीको उपचारमा कुनै लापरवाही नगरिएको दाबी गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकृत पदमराज भट्टले चौधरी जटिल अवस्थामै उपचारका लागि आएको बताउँदै स्थिती थप जटिल भएपछि डाक्टरले रेफर गरेको बताए । शुक्रबार बिहान ११ बजे रेफर गरेको बिरामीलाई दिउँसो साढे ३ बजेसम्म अन्यत्र नलिएपछि ह्रदयघातका कारण उनको मृत्यु भएको दाबी भट्टले गरेका छन् ।

अवस्था जटिल बन्दै गएपछि मृतकको मुटुमा समेत समस्या देखिएपछि शल्यक्रिया गर्न नसक्ने भन्दै रेफर गरिएपनि आफन्तले ढिलो गर्दा ह्रदयघात भएर उनको मृत्यु भएको भट्टले बताए । मृतकका आफन्तले जोखिम पत्रमा हस्ताक्षर गर्न नमानेपछि भेन्टिलेटरमा नराखिएको दाबी समेत उनको थियो ।

मृतक नसिब बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय