सिरहाको भगवानपुर गाउँपालिकाले विश्व रेबिजविरुद्धको दिवसमा जनचेतनामूलक तथा नि:शुल्क औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।
दिवसको अवसरमा पशु सेवा शाखाका प्रमुख रामसुन्दर दासको नेतृत्वमा प्राविधिक टोली गाउँगाउँमा खटिएका थिए । टोलीले किसानको घर गोठमा पुगेर नि:शुल्क औषधि वितरण गरेको प्रमुख दासले जानकारी दिए ।
उनले किसानहरुको घर दैलोमा पुगेर रेबिज रोगबारे जानकारी गराउन निर्देशन दिएका थिए । भगवानपुर वडा नं. १, वडा नं. ३ अभयनगर, वडा नं. ४, वडा नं. ५ लगायतका स्थानका ६५ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगइएको छ । साथै २९ र ३० सेप्टेम्बरसम्म लगातार यो कार्यक्रम चलिरहने पशु सेवा शखाका प्रमुख दासले बताए ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायाण यादवले पशु सेवा शखाका प्रमुख दासलाई रेबिज राेगबारे किसानहरुको घर दैलोमा पुगेर जानकारी गराउन र उपचार गर्नका लागि निर्देशन दिएका थिए ।



