नेपाली स्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् ।
सन्दीपले ४२ खेलमा १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले याे कीर्तिमान बनाए ।
उनले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
