इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच खेल हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ।

दिल्लीले सिजनको चौथो खेल खेल्दैछ। मुम्बईले भने सिजनको तेस्रो खेल खेल्दैछ। दुवै टोली आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छन्। पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो। तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो।

तीन खेलमा अंकबिहिन दिल्ली १० टोली सहभागी लिगको पुछारमा रहेको छ। दुई खेलमा हार व्यहोरेको मुम्बई नवौं स्थानमा रहेको छ। आजको खेलमा मुम्बई रोहित शर्माको कप्तानीमा मैदानमा उत्रदा दिल्लीको कमान डेविट वार्नरले सम्हाल्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय