सुनसरीमा छठ पूजास्थल तोडफोडमा संलग्न आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्द जहुर मियाँ छन् ।

आइतबार (कात्तिक २९) बेलुका करिब ७ः३० बजे हरिनगर–६, टपरा अर्नमा घाटबाट भक्तजन साँझको छठ पूजा सकाएर घर फर्किएपछि त्यहाँ तोडफोड गरिएको थियो । सोही आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय