५.५ किलोग्राम लागुऔषध सेतो हेरोइनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार (कात्तिक २८) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको पुनेका ५२ वर्षीय रेवराज तिघारे छन् । उनी थाइल्यान्डबाट नेपाल आएका थिए । शंका लागी प्रहरीले उनीमाथि चेकचाँच गरेको थियो ।

त्यसक्रममा उनले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइराखेको उक्त परिमाणको सेतो हेरोइनसहित पक्राउ गरिएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

“शंका लागी चेकजाँच गर्दा निजले साथमा ल्याएको लगेज (झोला)भित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइराखेको लागुऔषध सेतो हेरोइनसहित पक्राउ गरी यस ब्युरोबाट थप अनुसन्धान भइरहेको,” ब्युरोले भनेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय