नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए ।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो,’ उनले भने ।

त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय