सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका–८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, मोरङको केराबारी गाउँपालिका–२ फाइवा निवासी ३१ वर्षीया पार्वती लिम्बु आफ्नै बारीमा मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी, सिन्धुलीको मरिण गाउँपालिका–२ मुङ्ग्रे दोभान निवासी ६५ वर्षीय मानबहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, तनहुँको व्यास नगरपालिका–१० दुम्सीकोट निवासी ६७ वर्षीय मिनबहादुर थापा सोही ठाउँस्थित बाटोमा मृत अवस्थामा फेला परेका छन् ।

चारै जनाको मृत्युको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय