राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार दिन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले विदेशमा रहेका नेपालीले मत हाल्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

महामन्त्री आचार्यका अनुसार रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत विश्वभरका पार्टी कार्यकर्ताबाट उम्मेदवार चयन गर्ने प्रक्रिया सुरु गरिसकेको छ। विदेशमा रहेका नागरिकको ‘नोट चल्ने तर भोट नचल्ने’ प्रवृत्तिको अन्त्य हुनुपर्ने पार्टीको नीति रहेको उनले स्पष्ट पारे।

संसारभर रहेका नेपाली नागरिकले मतदान गर्न पाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कानुनी र प्राविधिक काम तत्काल सुरु गर्न उनले सभामुखमार्फत सरकारसँग माग गरेका छन्।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय