राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले रसुवा भोटेकोसीमा पुनः बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
बाढी पुनः आउन सक्ने सूचना चिनियाँ पक्षले दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
चिनियाँ पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै सात मिटर अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्नेछ । त्यसैले तटीय क्षेत्रमा जान, राहत उद्धारमा खटिएका सबैले विशेष सावधानी अपनाउनु पर्ने ती अधिकारीको भनाइ छ ।



