विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले सकसपूर्ण जित निकाल्दै अन्तिम १६ को भिडन्त सुरक्षित गरेको छ । केपभर्डेसँग अर्जेन्टिनाले ३-२ को सकसपूर्ण जित हात पारेको हो ।

पहिलो हाफको २९ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले यो गोलसँगै जारी विश्वकपमा सातौँ गोल गरे भने विश्वकपमा गोल संख्या २० पुुर्‍याए ।

दोस्रो हाफको ५८ औँ मिनेटमा केपभर्डेले खेललाई बराबरीमा ल्यायो । ड्रोए डुवार्टेले गोल गर्दै खेललाई १-१ को स्थितिमा पुर्‍याए ।

निर्धारित ९० मिनेटको समयमा कुनै टोलीले गोल गर्ननसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९२ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । १०३ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

१११ औँ मिनेटमा केपभर्डेका डिनी बोर्गसबाट आत्मघाति गोल हुँदा नतिजा अर्जेन्टिनाको पक्षमा पुग्यो । अर्जेन्टिनाले खेल ३-२ ले जित्यो । अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय