गाैशाला र निगाैल चाैककाे दुर्गा पिठमा वली प्रदान कार्यक्रम सम्पन्न
नरेन्द्र महताे – महाेत्तरी- असाेज २८
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे दुर्गा पिठमा वली प्रदान कार्यक्रम सम्पन्न भएकाे दुर्गा पुजा समितिका सदस्य अजय कुमार साहले जानकारी दिएका छन ।
उक्त कार्यक्रममा ५१२ वटा वली प्रदान भएका छन।वेलपत्र पूजा सम्पन्न भए लगत्तै मंगलवार१२ देखि सुरु भएको वली प्रदानको कार्यक्रम विहिवार विहान ११ वजे सम्म सम्पन्न भएका छन ।वली प्रदानका लागि विभिन्न गाउँ बाट धेरै संख्यामा श्रद्धालु भक्तजनहरु पिठमा भेला भएका थिए ।
त्यस्तै यसै नगरपालिकाका वडा न. २ निगाैल चाैक पनि दुुर्गा पुजा हुने गरेकाे छ त्यसमा १७० वली प्रदान भएकाे समितिले जनाएका छन
विगत वर्ष काेराेना भाइरसकाे कारण पिठमा वली प्रदान बढि नभएकाे समितिले जनाए र यस पालि हुलासमय बतावरणमा वली प्रदान कार्यक्रम सम्मपन्न भएकाे समितिले जनाएका छन ।