विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ ।

मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् ।

मेस्सीको पीएसजीसँगको सम्झौता यसै समरमा सकिँदैछ। मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सी पछिल्लो समय बार्सिलोना फर्कने चर्चा छ । मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय