नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पुजाले ४ खेलमा ९ विकेट लिइन् ।

अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।

मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय