यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ।
टोली बुधबार राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ। एसिया कपमा तीन ओटा खेल खेलेको नेपालले सबैमा पराजय भोगेको थियो। नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त टोली भारत,पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र मंगलबार भारतसँगको अन्तिम खेलमा १० विकेटले पराजित भएको थियो।
तीनवटै खेलमा हार ब्योहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
