त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा यूएईसँगकाे खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालका लागि भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । उनले ३ छक्का र ६ चाैका प्रहार गरे । ताजा अवस्थामा नेपालले ७ ओभर ३ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएकाे छ । यसअघि नेपालका आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय