धर्म तथा आस्थाकाे केन्द्र महाेत्तरीकाे साेनामाई मन्दिर
२३ कार्तिक ३०७८, नरेन्द्र महताे- महाेत्तरी
धर्म तथा आस्थाकाे केन्द्र महाेत्तरी जिल्लाकाे औरहि नगरपालिका ७ भाेईलमा रहेकाे साेनामा माई मन्दिर रहेका छन । मन्दिरकाे भित्रि भागकाे दक्षिण पट्टि बाट साेनामाई, उत्तर पट्टि कालिका माई, मन्दिरकाे अगाडि राजदेवी माता, उत्तर पट्टि मनसाराम व्रहम तपसि वावाकाे धुनि जाे ३६५ दिन बल्ने गरिन्छ त्यस्तै चामुन्डा देवीकाे विना प्रतिमा रुपमा रहेका छन।
मन्दिरकाे उतर पट्टि गणेश जि र दक्षिण पट्टि गायत्रि माताकाे प्रतिमा स्थापना गरिएकाे छ ।मन्दिरकाे माथिकाे भागमा दुर्गा माता जी काे प्रतिमा स्थापना गरिएकाे छ र त्यस माथि गुफा बनाईएकाे मन्दिरका पुजारी जयनाराण झाले जानकारी दिएका छन ।
मन्दिरमा विशेष गरि प्रत्येक वर्ष दशैमा राज देवी माताकाे नाममा रागाँ वलि दिने चलन रहेकाे छ ।यसका साथ साथै परेवा,बाेका ,लड्डुहरु पनि चढाउने गरिन्छ । यसकाे मन्दिरकाे विशेष महाेत्व नि सन्तान, भुत प्रेत तथा कुनै कसर लागेकाहरुले अा अाफ्नाे स्थान बाट मलाई निकाे भएमा राजदेवि माता लगायत साेनामाई यी बस्तुहरुकाे वलि दिने छु भनेर भाखा गरेकाहरुले दशैकाे समय वलि दिने गरेकाे पुजारी झाले जानकारी दिएका छन ।
यस मन्दिरमा नेपालका विभिन्न जिल्ला लगायत पडाेसी देश भारत हजाराै हजार श्राद्वालुहरु अाउने गरेका छन ।
अर्काे प्रसंगमा याे मन्दिरकाे पुजारीकाे रुपमा १७/१८ पुस्ता देखि एउटै परिवारकाे सदस्यहरु रहने गरिन्छ त्याे परिवार सदस्य मध्ये वाट म अहिलेकाे पुजारीकाे रुपमा कार्यरत रहेकाे जय नारायण झा ले जानकारी दिए। मन्दिर निर्माणमा अनुमानित लगभग २५ लाख जति खर्चकाे भएकाे त्यस मध्ये बाट १९ लाख मेराे परीवार बाट र६ लाख विभिन्न दाँताले सहयाेग गरेकाे कारण मन्दिर निर्माण कार्य सम्पन्न भएकाे छ।
माथिकाे तिन वटा गुफा बनाउन वडा अध्यक्ष गणेश यादवले वडाकाे वजेट बाट सहयाेग गरेकाे र आधा किलाे मिटर लगभग नगर प्रमुख सुनिल यादवले नगरपालिका बजेट बाट ढलान गराईएकाे पुजारीले बताए।
तर साेनामाई मन्दिर भन्दा दक्षिणमा पाेखरी रहेका छन जुन पाेखरी मन्दिरकाे नाम राजिष्टेसन पास भए पनि एक स्थानियले मुद्वा दिएकाे कारण मुद्वा चलि रहेकाे छ ।
तर प्रदेश २ काे सरकारकाे याे मन्दिर प्रति पटकै ध्याण नदिएकाेमा पुजारले गुनासाे गरेकाे छ। साैन्दर्य तथा स्वच्छता अभियान अन्तर्गत धेरै ठाउँमा बजेट दिए पनि याे मन्दिरलाई मुख्यमंत्रि लाव बाबू राउतले अन्देखि गरेका छन ,याे मन्दिर यति प्रख्यात भए पनि उहाँकाे ध्यान किन गएन पुजारीले प्रति प्रश्नन गरेका छन? याे मन्दिरमा कुनै आउटि आम्दानि नरहेकाे र कहिले काहीँ भेट चढाएकाे आम्दानि बाट पुजा पाट र आफ्नाे पेट खर्च चल्दै आएकाे छ ।
यस पालि १०३ रागाँ वलि प्रदान भएका थिए त्यसमा एक रागाँकाे वलि मार्फत दुई हजार दरले २ लाख ६ हजार भएकाे तर मन्दिरमा उक्त पैसा नदिएर नाच गानमा नगर प्रमुख यादवले खर्च गरिएकाे पुजारी झाले जानकारी दिएका छन ।