छठ नजिकदै बाँसको सामाग्रि बनाउनमा डाेम सामुदाय व्यस्त
२१ कार्तिक २०७८, नरेन्द्र महताे -गाैशाला -महाेत्तरी
हिन्दु धर्मावलम्बीहरुको महान चाँड छठ नजिकदै गर्दा बाँसको चोयाबाट बनाईएको टोकरी,नाङलो लगायतका समाग्रीहरु उपभोक्ता सम्म पुरयाउन डाेम सामुदाय दिन रात लागि परेका छन।
महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा नम्बर ५ रहेका डाेम सामुदायका सदस्यहरुले डालो,नाङ्लो,टपरी लगायतको सामग्री बनाउन दिनभरि व्यस्त रहेका छन ।दिन प्रति दिन छठ पर्व मनाउने व्रतालुहरुकाे संख्यामा बृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती समाग्रीहरु सबैलाई पुरयाउन सकस भएको जगत मल्लिक बताउँछन् । मल्लिकले खुशि व्यक्त गर्दै भने ‘व्यापार राम्रो भईरहेको छ । यसपालि राम्रो आम्दानी हुनेछ किन भने गत वर्ष काेराेनाकाे कारणले गर्दा लगात अनुसारकाे आम्दानि हुन सकेन।
डाेम जातिकाे आम्दानीको स्रोत नै बंगुर पालन र बाँसको सामाग्री बनाएर बेचनु रहेको बताउँदै मल्लिकले भने ‘ आज देखि हाेईन पुष्तौ पुष्ता देखि यही पेशाबाट सबै पारिवार गुजरा गर्दै आएको छु। ‘एउटा बाँसको मूल्य अहिले बजारमा रु.दुई सय पचास देखि चार सम्म पनि पर्छ । त्यस बाहेक अरु केही खर्च लागदैनन्, तर सामाग्री तैयार पार्न तीन सयको खर्चमा राम्ररी मेहिनेत गरे ९ सय देखि १३ सय सम्म कमाई हुन्छ ।’मल्लिकले आफ्ना समुदायका व्यक्तिहरुले बनाएका समाग्रीहरु बेच्न विभिन्न बजार र छुटाछुट्टै गाउँ छुट्टइएको बताए । उनले ती समाग्रीहरु बेचेर आफुहरुले चाँड पर्वको बेला गाँउका साउ महाजनबाट पनि अलिकती आम्दानी हुने गरेको जानकारी दिए।
उता सवै जातिले गरेकाे काम कर्तव्यममा परिर्वतन भए पनि डाेम जातिले गर्दै आएकाे काम कर्तव्यमा कुनै परिवर्तन भएकाे छैन।अर्थात डाेम जातिले गरेकाे काम अरु जातिले आज सम्म गर्न नसकेकाे उनिहरुले बताएका छन ।