लक्षमी पुजा आफैले कसरी गर्ने: यस्तो छ सरल उपाय
१८ कात्तिक २०७८, काठमाडौं ।
आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।

तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि भनेजस्तै कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो ।
औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिरदेखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रुपमा यसको पूजा गर्ने गरिएको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेल बताउँछन् ।

पूजाका लागि आवश्यक सामग्री

हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात् पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ । ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ । पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ ।

लक्ष्मीपूजाको लागि पूरा विधि नजानेका र आफैंले लक्ष्मीपूजा गर्न लागेकाहरूलाई सरल र संक्षिप्त पूजा विधि यहाँ उल्लेख गरिएको छ । सदस्य सचिव ढुंगेल विधि बुझेर लक्ष्मीपूजा आफैंले पनि गराउन सकिने बताउँछन् । उनी भन्छन्, ‘शास्त्रले देवीदेवताको पूजा गर्दा शब्दमा गल्ती भएपनि भावमा गल्ती हुन नहुने बताउँछन् । शास्त्रमा भनिएको छ कि ‘पितरो वाच्य मिच्छन्ति, भाव मिच्छन्ति देवता’ अर्थात् पितृहरुको कर्म गर्दा निर्दिष्ट मन्त्रको हुबहु मिल्नुपर्छ, तर देवताहरुको लागि भने भाव मात्रै मिले पनि हुन्छ ।’ त्यसैले पनि लक्ष्मीपूजा गर्दा आफैंले विधि बुझेर गर्न सकिने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय