जनता समाजवादी पार्टी (जसपा)ले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्दै ह्वीपसमेत जारी गरेको छ ।
जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले बजेटमाथि संसदमा मतदान हुँदा पक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।
यसअघि जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा जसपाले असन्तुष्टि जनाउँदै आएको थियो ।

