राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।

अध्यक्ष लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि ज्यादती गरेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय