जिल्लामै दोस्रोपटक मेयरमा निर्वाचित हुदै युवा नेता आतेश सिंह।
०६ जेठ, सप्तरी।
सप्तरीको परिवेशमा स्थानीय तह निर्वाचन २०७९ को परिणाम सोचेको भन्दा निकै फरक देखिएको छ। पुरानै बर्चस्व को भरमै चुनाव जित्न सकिन्छ भन्नेहरू लाई निर्वाचनको मत परिणामले चकित बनाएका छन। सप्तरीको परिवेशमा बोदेबर्साइन नगरपालिकाका मेयर पदमा दोस्रोपटक मेयर बन्नेमा आतेश सिंह यादव सफल भएका छन भने सजिलै दोस्रो पटक अध्यक्षमा निर्वाचित हुन्छौं सोचेका लाई २०७४ को निर्वाचनमा प्रतिद्वन्द्वी रहेकाहरूले नै शीर्ष नेताहरूको विरासत ढालेका हुन्। यसको उदाहरणकै रुपमा हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान प्रमुख शैलेशकुमार साह जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए। यो पालिकालाई जसपाले सबैभन्दा सुरक्षित ठानेको थियो। साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह ‘रामबाबु’का छोरा हुन्। हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्वकै कारण गत निर्वाचनमा टिकट पाएर प्रमुखमा निर्वाचित भएका थिए। त्यस्तै लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा दोहोरिने इच्छा पूरा भएन। शेखर कुमार सिंह राजपा उपाध्यक्ष हुँदा सतिश कुमार सिंह गत चुनावमा टिकट हात पारेर अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मत अन्तरले पराजित भएका छन। यसैगरी
सभासद सदरुल मियाँ हकका छोरा हेमायुँ हकले पनि दोहोर्याएर खडक नगरपालिका प्रमुख बन्न पाएनन्। उनी माओवादी केन्द्रका जयप्रकाश चौधरीसँग ८ सय १५ मतान्तरले पराजित भएका छन्। राजविराजका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादव पनि अघिल्लै प्रतिद्वन्द्वी जसपाका भीमराज यादवसँग साढे ३ हजार मतान्तरले पराजित भएका छन्।